Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

२ खर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्न केन्द्रीय बैंकले पायो स्वीकृति

२ खर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्न केन्द्रीय बैंकले पायो स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले २ खर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्न स्वीकृति दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको सञ्चालक समितिबाट २ खर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने स्वीकृत पाएसँगै अब खुला बजार कारोबार समितिले स्वीकृत ऋणपत्र निकाष्सनको लागि निष्कासन तालिका तयार गर्नेछ ।

पछिल्लो समय बजारमा कर्जाको माग नहुँदा निक्षेप बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढ्दै गएपछि राष्ट्र बैंकले साताको दुई पटक स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमार्फत छोटो र लामो अवधिका लागि निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । पछिल्लो ३ आर्थिक वर्षदेखि नै नियमित रूपमा तरलता खिच्दै आएको केन्द्रीय बैंकमा बैंकहरूले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत जम्मा गरेको रकम हाल (९ पुस सम्म) ५.९७ खर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा राष्ट्र बैंक ऋणपत्रमार्फत बजारमा रहेको अधिक तरलता रकम प्रशोचन गर्ने घोषणा गरेको थियो । मौद्रिक नीतिमै भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा कायम हुनेगरी खुला बजार कारोबार सञ्चालन गर्ने घोषणा गरेको केन्द्रीय बैंकले चालु आवको दोस्रो त्रैमास सकिन लाग्दा पनि लक्ष्य हासिल गर्न सकेको देखिँदैन ।

बैंकिङ प्रणालीमा रहने संरचनागत प्रकृतिको तरलता व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गर्ने केन्द्रीय बैंकको यसअघिको घोषणालाई राष्ट्र बैंकको सञ्चालक समिति बैठकले बुधबार स्वीकृति प्रदान गरेको हो । केन्द्रीय बैंकले अब ऋणपत्र जारी गरेर तरलता प्रशोचन गर्न थालेपछि भारित औसत अन्तरबैंक दरसमेत बढ्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit