Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ गतेसम्म रु चार अर्ब २१ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसमा आन्तरिक आयतर्फ रु दुई अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजस्व बाँडफाँटबाट रु ७७ करोड ९९ लाख ८० हजार, सङ्घ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान रु ७५ करोड ३९ लाख ९८ हजार प्राप्त भएको महानगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

समग्र आम्दानीलाई प्रतिशतमा हेर्दा कुल आम्दानीको लक्ष्यअनुसार २७ दशमलव ८६ प्रतिशत र आन्तरिकतर्फ २६ दशमलव ४४ प्रतिशत प्रगति भएको उनले बताइन् ।

महानगरले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आम्दानी हुने लक्ष्य लिएकामा त्यसमध्ये रु १० अर्ब १२ करोड ६४ लाख आन्तरिक आयको लक्ष्य राखिएको डङ्गोलको भनाइ छ ।

यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँटबाट रु चार अर्ब चार करोड ३४ लाख प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

महानगर लेखा समितिका संयोजक गायत्री पुडासैनीका अनुसार यसअघि बेरुजु जनिएको रु २६ करोड ३९ लाख ५१ हजार ७३४ नियमित समपरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव १८ औँ कार्यपालिका बैठकले गरिसकेको छ ।

आव २०७३÷०७४ देखि २०८०÷०८१ सम्मको फछ्र्योट हुन बाँकी बेरुजुमध्ये नियमानुसार नियमित गराउनुपर्ने रु २२ करोड ७५ लाख ५१ हजार ७२३ र समपरीक्षणका लागि प्राप्त रु तीन करोड ६४ लाख ११ रहेको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit