Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भार्दह, सप्तरीमा कजारियाको नयाँ शोरूम उद्घाटन

भार्दह, सप्तरीमा कजारियाको नयाँ शोरूम उद्घाटन
विज्ञापन
Advertisement

सप्तरी । प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा नयाँ, अत्याधुनिक शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

पौष १४ गते सोमबार सम्पन्न उद्घाटन कार्यक्रममार्फत त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सले उक्त शोरूम सञ्चालनमा ल्याएको हो। यस नयाँ शोरूमको उद्घाटन त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर सर्वेश नायकले रिबन काटेर गरेका थिए ।

कार्यक्रममा कजारियाका एरिया सेल्स प्रतिनिधि, विशिष्ट अतिथिहरू, व्यवसायिक साझेदारहरू तथा स्थानीय शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ शोरूमले यस क्षेत्रका ग्राहकहरूमा बढ्दो उच्च गुणस्तरका टायलको मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

अवसरमा बोल्दै त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रतिनिधिले भने,‘ गुणस्तर र नवीन डिजाइनका लागि परिचित कजारिया जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। यस शोरूममार्फत भार्दह तथा आसपासका क्षेत्रका ग्राहकहरूले सजिलै प्रिमियम टायलहरू प्राप्त गर्न सक्नुहुनेछ, जसले सुन्दर र दीगो संरचना निर्माणमा सहयोग पु¥याउनेछ।’

सप्तरीको भार्दहमा सुविधाजनक स्थानमा अवस्थित यस शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदर्शित गरिएको छ।

आवासीय तथा व्यावसायिक दुवै प्रयोजनलाई लक्षित गरी चयन गरिएका यी टायलहरूले ग्राहकलाई केवल उत्पादन मात्र नभई डिजाइन, छनोट र परामर्शसहितको सम्पूर्ण किनमेल अनुभव प्रदान गर्ने कजारियाको प्रतिबद्धता झल्काउँछन्।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै सबैभन्दा ठूलो टायल उत्पादन कारखाना स्थापना गर्दै नेपाली टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरेको छ।

अत्याधुनिक प्रविधियुक्त उक्त कारखानाले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पसहित सौन्दर्य, मजबुती र दीगो प्रदर्शनलाई प्राथमिकता दिँदै आएको छ।

हाल कजारिया नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम तथा १०० भन्दा बढी अधिकृत डिलरमार्फत सञ्चालनमा रहेको छ। यसको उत्पादन दायरामा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२) से.मी., ६०×६० से.मी, १९.५×१२० से.मी, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० से.मी.) तथा सिरेमिक वाल टायल (३०×६० से.मी., ३०×४५ से.मी) समावेश छन्, जुन पानी प्रतिरोधी, दाग नलाग्ने, टिकाउ तथा आकर्षक डिजाइनयुक्त छन्।

भार्दह, सप्तरीमा नयाँ शोरूम उद्घाटनसँगै कजारियाले नेपालका हरेक क्षेत्रमा विश्वस्तरीय र प्रिमियम टायल सहज रूपमा उपलब्ध गराउने आफ्नो लक्ष्यतर्फ अर्को महत्वपूर्ण कदम अघि बढाएको छ। यसले नेपाली टायल उद्योगमा कजारियाको अग्रणी स्थानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit