Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

राज्य संरचना र नागरिकको सोचमै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर छ :  प्रचण्ड

राज्य संरचना र नागरिकको सोचमै निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर छ :  प्रचण्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक भएको बताएका छन् ।  दाहालले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा उनले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर रहेको भन्दै त्यसलाई सुधार्न आवश्यक रहेको बताए। उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गरिएन, लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धि कुरामा मात्रै सिमित हुन्छ। निजी क्षेत्रको प्रवर्द्धन नगरी अर्थतन्त्र उकास्ने सपना पूरा हुँदैन । हाम्रो राज्य संरचना र हाम्रा सोचमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणप्रति धेरै कमजोरी रहेका छन् । हामीले यसलाई सुधार गरेर जान आवश्यक छ’ प्रचण्डले भने ।

राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने उनको तर्क छ ।

यस्तै उनले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको बताए । ‘जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्वसँगै सबैलाई स्थापित संघ संस्था र प्रतिनिधिहरुलाई एकातिर आत्मसमिक्षा गर्न उत्प्रेरित गर्यो भने शक्तिशाली ढंगले अर्कोतिर नयाँ संकल्प गर्ने या इतिहासको मञ्चबाट पन्छिन पनि सबैलाई प्रश्न खडा गरिदियो’ प्रचण्डले भने ।

जेनजी आन्दोलनपछिको परिवर्तिक राजनीतिक अवस्थापछि फागुनमा तोकिएको निर्वाचन ‘राजनीतिक नेतृत्वलाई आत्मसमिक्षा गरेर अगाडि जाने ऐतिहासिक अवसर भएको उनको भनाइ छ । प्रचण्डले भने, ‘हामी आफैंले आत्मसमिक्षा गरेर अगाडि जाने ऐतिहासिक अवसर हो यो। अब हामीले धेरै विकास र समृद्धिको कुरा गर्ने भन्दा पनि तत्कालका लागि निर्वाचन गराउने विषयलाई नै प्राथमिकतामा राखेर जानुपर्छ।’

त्यस्तै उनले जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्वलाई स्थापित संघ संस्था र प्रतिनिधिहरुलाई आत्मसमिक्षा गर्न उत्प्रेरित गराउनुका साथै इतिहासको मञ्चबाट पन्छिने सबैलाई प्रश्न खडा गरेको बताए । उनले अहिलेको विकल्प निर्वाचन मात्र रहेको उल्लेख गर्दै वर्तमान सरकारले अप्ठ्यारोकाबीच निर्वाचन गराउन चालेको कदमको प्रशंसा पनि गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit