Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ सम्पन्न भएको छ। पुस १२ र १३ गते काठमाडौंमा भएको उक्त क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु–साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेशेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको क्यानले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा दोस्रो पटक यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेस सम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्स जस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा आयोजक क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारी, उपाध्यक्ष तथा आईएसप्यानका प्रमुख कार्यकारी अधिकृत सुभाष खड्का, महासचिव चन्द्र विलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह र आईक्यानका प्रतिनिधि यश अग्रवाल थिए । क्यान महासंघले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगा जस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्तवपूर्ण प्रशिक्षण प्राप्त हुने जानकारी गराएको जनाएको छ ।

इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्ज एन्ड नम्बर्ज (आईक्यान)को परिचयबारे सेसन सञ्चालन गरिएको थियो, जसमा आईक्यानका प्रतिनिधि यश अग्रवालले आईक्यानको भूमिका, यसको संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत जानकारी उपलब्ध गराए । एपिगा नेपालका कार्यक्रम टिम लिड बिबेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालको नेतृत्वमा सञ्चालित कार्यक्रममा विभिन्न विशेषज्ञ सत्र, अन्तरक्रियात्मक समूह–कार्य, छलफल तथा इक्यानमोडेल कन्फरेन्स मार्फत सहभागीहरूले क्षेत्रीय र विश्वव्यापी इन्टरनेट नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान हासिल गरेको बताइएको छ ।

पावर टकमा सत्र यूएन आईजीएफ सचिवालयकी अन्जा गेन्गो, आईक्यान एप्याकका यश अग्रवाल र अध्यक्ष अमृता चौधरी, सफ्टवेरिका कलेज अफ आईटीका क्याम्पस प्रमुख प्रमोद पौडेलले प्रस्तुति दिए । एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपनिक)को परिचयबारे बिक्रम श्रेष्ठ एपनिक पॉलिसी एसआईजीका अध्यक्ष तथा नेपाल इन्टरनेट फाउन्डेशनले प्रस्तुति दिएका हुन्।

कार्यक्रममा सहभागीहरूले इन्टरनेट गभर्नेन्स र बहुपक्षीय डिएनएस मोडेलको आधारभूत संरचना तथा सञ्चालनको भूमिकाबारे विस्तृत रुपमा नेतृत्व, फेलोसिप तथा अन्तर्राष्ट्रिय अवसरहरू , नीति बहसको अभ्यासका लागि आईक्यान मोडेल कन्फरेन्स, जस्ता विषयमा व्यावहारिक ज्ञान सिकाइएको क्यान महासंघले जनाएको छ ।

एपिगा नेपाल २०२५ ले सहभागीहरूलाई इन्टरनेट नीतिनिर्माणको बहसमा सार्थक योगदान पुर्‍याउने क्षमता विकास गराएको र एक समावेशी, खुला र दिगो इन्टरनेटका लागि समर्पित युवापेशेवरहरूको सञ्जाल विस्तार गरेको उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit