Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सालपा विकास बैंकको आइपीओमा २३ लाख ८३ हजारको आवेदन

सालपा विकास बैंकको आइपीओमा २३ लाख ८३ हजारको आवेदन
विज्ञापन
Advertisement

काठमाडौं। सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि आज पुस २० गते आइतबारसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा २३ लाख ८३ हजार ४ सय ७ जनाको आवेदन परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज अन्तिम दिन अन्तिम समयसम्म २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो ।

बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपियाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपियाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

यसमध्ये विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।

२६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपियाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।
उक्त कम्पनीको शेयर १ लाख ४३ हजार ९ सय ८ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit