Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य ४६ सयले बढेर पुनः दुई लाख ६५ हजार रुपैयाँ नाघ्यो

सुनको मूल्य ४६ सयले बढेर पुनः दुई लाख ६५ हजार रुपैयाँ नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज चाँदीको मूल्य ह्वात्तै बढेको छ । आइतबार तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुन आज एकैदिन चार हजार ६ सय रुपैयाँले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ६५ हजार रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको भाउ पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । आइतबार चार हजार ५०० रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला चार हजार ६८५ रुपैयाँ पुगेको हो । सोमबार एकैदिन चाँदीको भाउ १८५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ५२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit