Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

महालक्ष्मी विकास बैंकको सधारणसभाबाट १०.३७ प्रतिशत लाभांश प्रस्ताव पारित, वित्तीय परिसूचक सकारात्म

महालक्ष्मी विकास बैंकको सधारणसभाबाट १०.३७ प्रतिशत लाभांश प्रस्ताव पारित, वित्तीय परिसूचक सकारात्म
विज्ञापन
Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभाले १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। बैंकको सोमबार सम्पन्न सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव अनुमोदन भएको हो।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आव २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

साथै, २०८२ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफारनोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू स्वीकृत भएका छन् ।

यसैगरी, आव २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकरात्मक परिवर्तन देखिएको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आज २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशत बाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको तथा आव २०८१/८२ को अन्त्यमा बैंकको निक्षेप ५६.२२ अर्ब रहेको छ भने कर्जा तथा सापटी ४७.२१ अर्ब रहेको उल्लेख छ ।

बैंकको संस्थापक समुह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी कुल ६ जना सञ्चालक निर्वाचित भएका छन् । जसमा शेयरधनी समुह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, सञ्जय गिरि र ग्रोइङ्ग प्रालिको तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी (ख) समुहबाट क्रमशः श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको सोमबार नै बसेको पहिलो बैठकबाट राजेश उपाध्यायलाई सञ्चालक समितिको अध्यक्ष बनाइएको बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit