Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि निष्कासन

होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि निष्कासन
विज्ञापन
Advertisement

काठमाण्डौं । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते अनुमति प्राप्त गरेअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिन धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन सम्पन्न भएपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने कम्पनीको योजना रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit