Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

राष्ट्र बैंकले पुसमै गर्यो एक खर्ब २० अर्ब रुपैयाँ तरलता प्रशोचन, आज फेरि १० अर्ब रुपैयाँ झिक्दै

राष्ट्र बैंकले पुसमै गर्यो एक खर्ब २० अर्ब रुपैयाँ तरलता प्रशोचन, आज फेरि १० अर्ब रुपैयाँ झिक्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि एक वर्षे अवधिका लागि १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘च’ उपकरण प्रयोग गरी बिहीबार १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

यसको बोलकबोल आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने केन्द्रीय बैंकले सूचनामार्फत जनाएको छ। राष्ट्र बैंकका अनुसार आज निष्कासन हुने ऋणपत्रको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिने छ । उक्त निक्षेपको साँवा आगामी २०८३ पुस २४ गते गर्नेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने जनाइएको छ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

ऋणपत्रको परिपक्व मिति अगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले सूचनामार्फत स्पष्ट गरेको छ । वित्तीय प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले यो साता निरन्तर जसो ऋणपत्रमार्फत खिच्दै आएको छ । यसअघि राष्ट्र बैंकले बुधबार मात्र (पुस २३ गते) २० अर्ब रुपैयाँ तरलता खिचेको थियो । यसैगरी, गत पुस १४ मा एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो।

त्यसपछि पुस १६ मा एकवर्षे अवधिकै २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’, पुस २० मा २५ अर्ब रुपैयाँकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ र पुस २२ गते मंगलबार पनि २५ अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ निष्कासन गरेको थियो। केन्द्रीय बैंकले ऋणपत्रमार्फत पुसमा पाँच पटक गरी बजारबाट एक खर्ब, २० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । बिहीबार छैटौं पटक केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ पुनः बजारबाट तान्दै छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न राष्ट्र बैंकले पुसदेखि एक वर्षे अवधिको ऋणपत्र निष्कासन गरी तरलता प्रशोचन गर्दै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit