Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

कांग्रेस विशेष महाधिवेशनबाट कार्यविधि पारित

कांग्रेस विशेष महाधिवेशनबाट कार्यविधि पारित
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेर अगाडि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेको हो ।

बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

यस्तो छ महामन्त्री शर्माले बन्दसत्रमा पेस गरेको केही बुँदाहरु : 

१.हामीले मापन गर्ने गरेको आर्थिक वृद्धि दर उसैपनि कमजोर छँदै थियो, जागिरको तलबले धान्न नसक्ने बजार मूल्यका सामु जागीरको खोजीमा भौतारिरहेको बेरोजगार युवाको अवस्था भन्न् कस्तो थियो अनुमान गर्न सकिन्छ । जसले सुनिरह्यो – भ्रष्टाचारका प्रकरण ।

२. बितेको ३४ वर्षमा देशमा ३० पटक सरकार परिवर्तन भयो। यो आफैंमा हाम्रो अयोग्यता, चरम अस्थिरता र लज्जास्पद तथ्यांक हो । हामीले सोच्यौ ? सरकार परिवर्तनको प्रत्येक मोडले आशा जगायो होला तर लामो अस्थिरताले आशा होईन क्रमशः देशलाई निराशामा धकेल्यो।

३. सरकार बदलिए पनि नीतिगत स्थिरता छ, अत समुन्नतिको यात्रालाई असर पर्ने छैन भन्न मिल्ने अवस्था पनि हामीले बनाएनौं । जुन देशमा विकासको प्राथमिकता बदलिइ रहन्छ, या लहडमा योजना बनाइन्छन् या भत्काइन्छन् या राजनैतिक लाभको कोणबाट बजेट विनियोजन गरिन्छ । स्वभाविक छ त्यस्तो देश प्रगतिको अपेक्षित गतिमा अघि बढ्न सक्दैन ।

४. यद्यपि अस्थिरताका बिच पनि बितेको ३० वर्षमा शिक्षा, स्वास्थ, संचार र भौतिक पूर्वाधारको क्षेत्रमा अनेकन काम भएका थिए । निजी क्षेत्रको ब्यापक विस्तार हाम्रै नीतिको सहउत्पादन थियो । तर भ्रष्टाचारका अनेकन प्रकरणको चर्चा र सुशासनको अभावका कारण जेजति प्रगतिका काम भएका थिए ती सबै ओझेलमा परे ।

५. संघीयतामा गयौं तर प्रदेशलाई दिनुपर्ने अधिकार हस्तान्तरण गर्न ढिलाइमाथि ढिलाइ गरेर हामीले प्रदेश सरकारहरूलाई अपेक्षित रुपले सबल र सफल हुन सघाए पनि सिंहदरबारसँग खुशी र सन्तुष्ट स्वयं मुख्यमन्त्रीहरू थिएनन् । तर, हामी भने दुरदराजका नागरिक पनि हामीसँग खुशी छन् भन्ने भ्रममा रह्यौं ।

६. खेतीको समयमा किसानले सन्चले मल नपाउँदा, भुक्तानी माग्दै उखु किसान काठमाडौं धाउनुपर्दा, खेतको डिलमा उभिएर कुनै पनि किसानले सरकार जिन्दावाद भन्दै भन्दैन ! राज्यले तोकेको न्युनतम ज्याला पाउन पनि पटकपटक दबाब दिनुपर्दा कुनै श्रमिकले खुशीको गीत गाउन कसरी सक्छ? प्रशासनिक कार्यालयमा घन्टी उभिएको सेवाग्राहीले भन्भट भोगेपछि सरकार र सरकारमा रहेको दलको प्रशंसा कसरी गर्नसक्छ ?

७. शिक्षा र स्वास्थ नागरिकलाई निशुल्क उपलब्ध गराउने आर्थिक क्षमतामा देश निश्चय नै पुगेको छैन, तर नागरिक स्वास्थका लागि ल्याइएको बीमा कार्यक्रमले आशा जगाइरहँदा त्यसलाई अपेक्षित गतिमा सफल बनाउन सकिएन । उपचारको महंगो खर्च ब्यहोर्न परेको ।

९. नेपालको समुन्नतिका लागि संसारसँग परिपक्व कुटनैतिक र व्यवसायिक सम्बन्ध स्थापित गर्ने हाम्रो माध्यम हाम्रा राजदुतहरू थिए तर कुटनैतिक सेवामा सुयोग्य व्यक्तित्व कयौँ हुँदाहुँदै हामीले राजदुत नियुक्तिमा पनि भागबन्डामा गर्यौं। कतिपय छनोट उपयुक्त नै थिए, तर मूलत यसले हाम्रो विधि उपर प्रश्न उठिरह्यो र नागरिकमा नकारात्मक छवि बढाउन योगदान पुग्यो ।

१०. यसो फर्किएर हेरौं त – राजनीतिकरणले ग्रस्त हुन बाँकी कुन क्षेत्र थियो? नागरिक आजित थिए कि थिएनन् यसबाट? हरेक क्षेत्रको आफ्नै मर्यादा, आफ्नै अलग पहिचान, आफ्नै अलग व्यवसायिक मनोविज्ञान हुन्छ भन्ने गहिरो वास्तविकता बुझ्न हामीले किन चाहेनौ ? किन हरेक ठाउँमा हामीलाई आफ्ना मान्छे चाहिए? यसले दिने दुष्परिणाम अनुमान नगर्नु हाम्रो गम्भीर भूल थियो ।

११. शिक्षा विधेयक लामो प्रतीक्षापछि संसदमा आयो तर त्यसलाई निष्कर्षमा पुयाउन नसक्दा त्यसले शिक्षक र विद्यालय कर्मचारीमा असन्तुष्टि जारी राख्यो । परिवर्तित समय अनुरुपको शिक्षा विधेयक जारी गराउन शिक्षकहरूले पटकपटक आन्दोलन गर्नुपर्ने स्थिति आफैंमा दुःखद थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit