images images images
images images images
images
images
images

स्कोडा कायलाकलाई सेफ्टीको मापदण्डमा ‘फाइभ–स्टार रेटिङ’

images

काठमाडौं । स्कोडा कायलाकले भारत एनक्याप क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ–स्टार रेटिङ प्राप्त गरेको छ । भारत एनक्याप परीक्षणमा सहभागी हुने स्कोडालाई यो पहिलो प्रतिष्ठित फाइभ–स्टार रेटिङ प्रदान गरिएसँगै स्कोडा इन्डियाले सुरक्षाप्रतिको आफ्नो दृढ प्रतिबद्धता पुनः प्रमाणित गरेको जनाएको छ । साथै, यसले ग्राहकलाई पनि उत्कृष्ट सुरक्षा प्रदान गर्ने स्कोडाको प्राथमिकतालाई अझ स्पष्ट बनाएको कम्पनीको दाबी छ ।

कायलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्सनमा ३०.८८ स्कोर र चाइल्ड अक्युपेन्ट प्रोटेक्सनमा ४५ स्कोर प्राप्त गर्दै आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित एसयूभीको पहिचान बनाएको छ। यो परिणामले गाडीभित्र रहेका वयस्क र बालबालिका दुवै एकदम सुरक्षित छन् भन्ने जनाउँछ यसले सोही श्रेणीका अन्य सवारीसाधनका लागि एक उच्च मापदण्ड स्थापना गरेको कम्पनीको दाबी छ । बेस भेरियन्टदेखि नै उपलब्ध ६ एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचरहरूले हरेक स्तरमा यात्रुको सुरक्षालाई उच्च प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।

images
images

बालबालिकाको सुरक्षामा पनि कायलाकले विशेष ध्यान दिएकाले फ्रन्टल अफसेट बारियर टेस्टमा उच्चतम १६ अंक (शतप्रतिशत) र १.५ र ३ वर्षका बच्चाका लागि गरिएको साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा पूर्ण ८ अंक (शतप्रतिशत) पाउन सफल भएको कम्पनीको भनाइ छ । रिकमेन्डेड चाइल्ड सीट असेसमेन्टमा पनि यसले पूरा अंक प्राप्त गरेको छ । भेहिकल–बेस्ड मूल्यांकनमा १३ मध्ये ९ अंक (६९ प्रतिशत) हासिल गरेको छ ।

उच्चकोटिको सुरक्षा, अत्याधुनिक डिजाइन र उन्नत सुविधाहरूको संयोजन भएको काइलाकले नेपाली बजारमा भित्रिदा एसयूभीहरूका लागि नयाँ बेन्चमार्क कायम गर्ने कम्पनीको अपेक्षा छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्