Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सि.जी मोटर्सको विशेष अफर सार्वजनिक, डायुन इभि ३.९९ लाख डाउन पेमेन्टमा पाइने

सि.जी मोटर्सको विशेष अफर सार्वजनिक, डायुन इभि ३.९९ लाख डाउन पेमेन्टमा पाइने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा डायुन इभिको आधिकारिक वितरक सि.जी मोटर्सले डायुन इभि कारमा सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अफर अन्तर्गत कम्पनीले अब डायुन इभि मात्र ३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध गराउने छ । जसले दिगो, किफायती र वातावरणमैत्री विद्युतीय सवारी साधनलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने सि।जी मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

नेपाली सडक अवस्था र ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको डायुन इभिले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर सम्मको यात्रा रेन्ज प्रदान गर्दछ। यसमा २०१ ग्राउन्ड क्लियरेन्स रहेको छ, जुन यस श्रेणीमै सबैभन्दा उच्च हो। ग्राहकलाई न्यूनतम लागतमा सवारी उपलब्ध गराउने उद्देश्यले सि.जी मोटर्सले आकर्षक प्याकेज उपलब्ध गराएको छ। यस प्याकेजमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर तथा अटो प्लस बीमा कभरेज समावेश छन्।

यस अफरका अतिरिक्त, डायुन इभि मा प्रिमियम तथा सेग्मेन्ट–लीडिङ न्द्यरत् चार्जिङ प्रणाली जडान गरिएको छ, जसले सीजी मोटर्सको फास्ट चार्जिङ पूर्वाधारसँग सहज अनुकूलता सुनिश्चित गर्दछ। ग्राहकहरूले नेपालभर रहेका २६० भन्दा बढी सीजी फास्ट चार्जिङ स्टेशनहरूको सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन्, जसले छिटो र भरपर्दो चार्जिङ अनुभव प्रदान गर्दछ।

सि.जी मोटर्सले नेपाललाई स्वच्छ ऊर्जामैत्री यातायाततर्फ अघि बढाउने आफ्नो अग्रणी भूमिकालाई निरन्तरता दिँदै, उच्च प्रदर्शन, व्यवहारिकता र दीर्घकालीन बचतको उत्कृष्ट संयोजन भएको इभि भ्यान नेपाली बजारमा उपलब्ध गराइरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit