Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

रैथाने र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै ग्लोबल आइएमई हाटबजार

रैथाने  र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै ग्लोबल आइएमई हाटबजार
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । बैंकले शुक्रबार ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको हो।

उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौंको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारको ५०औँ हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमहरुले भोग्ने गरेको बजारीकरणको समस्याबाट राहत दिने प्रयास स्वरुप बैंकले सञ्चालन गरेको यस हाट बजारमा खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक, दिगो साना र मझौला उद्यमहरुले आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज भइरहेको बताए । उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको उल्लेख गरे ।

हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको उनको भनाइ छ। । उनले भने, ‘हामीले सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार उद्यमी तथा खरिदकर्ताहरुको समर्थन र विश्वासको कारण ५०औँ हप्तासम्म सञ्चालन भएको छ र निरन्तर सञ्चालन भइरहने छ’,रेग्मीले भने । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत बुझेर केबल कर्जा प्रवाहमा मात्र केन्द्रित नभई, उद्यमीहरुको चौतर्फी विकास र व्यावसायिक सीप विकासमा पनि विभिन्न कार्यहरु गर्दै आएको उनले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit