काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको छ महिनामा ३९ करोड ४५ लाख बढी मुनाफा आर्जन गरेको छ । बैंकले चालु आव २०८२/८३ को छ महिनामा ३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा तुलनात्मक रुपमा २२.३४ प्रतिशतले वृद्धि भएको हो।
बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १५ लाख रुपैयाँ पुगेको छ। बैंकले गत आवको समीक्षा अवधिमा १ अर्ब ८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कूल सञ्चालन आम्दानी बढेर १ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ पुगेको छ। गत आवमा बैंकको कूल सञ्चालन आम्दानी १ अर्ब २९ करोड १ लाख रुपैयाँ रहेको थियो । बैंकका अनुसार आम्दानी बढेसँगै कर्जा नोक्सानी व्यवस्था केही घट्दा बैंक सञ्चालन नाफा ४६ करोड ९१ लाख ६० हजार रुपैयाँबाट बढेर ५६ करोड ७२ लाख ७७ हजार पुगेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकको निक्षेप बढेर ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै ग्राहकको कर्जा पनि ५० अर्ब ७ करोड ७५ लाख रुपैयाँबाट बढेर ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ। बैंकको वितरणयोग्य नाफा भने २६ करोड २५ लाख रुपैयाँ रहेको छ।
३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित नाफा २९ करोड ५७ लाख ६७ हजार रुपैयाँ छ। त्यस्तै जगेडा कोषमा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४३ पैसा पुगेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्