काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उम्मेदवारका लागि १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार मध्यान्नसम्म ४९ क्षेत्रमा मात्रै उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाएको छ।
पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, गणेश पराजुली,विराजभक्त श्रेष्ठ, सोविता गौतमलगायतकाको नाम पार्टीले टुङ्ग्याएको छ । आइतबार राति अबेरसम्म बसेको बैठकले झापाका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
यसैगरी, काठमाडौंबाट चार निर्वाचन क्षेत्रका प्रतिनिधि टुंगो लाग्दा चितवनबाट सभापति लामिछानेसहित थप दुई निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गर्ने उम्मेदवारको नाम तोकिएको छ । चितवन –१ मा हरि ढकाल र चितवन–३ सोबिता गौतमले निर्वाचन लड्दैछिन् । निकै महत्वपूर्ण मानिएको झापामा रास्वपाबाट झापा १ मा निशा डाँगी, झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा ३ मा प्रकाश पाठक, झापा ४ मा शम्भु सुस्केरा ढकाल र झापा ५ मा बालेन्द्र शाहले निर्वाचन लड्दैछन् । रास्वपाले बाँकी ११६ निर्वाचन क्षेत्रमा भने उम्मेदवार आजै साँझसम्म टुंग्याउने गरी आन्तरिक गृहकार्यमा जुटेको छ ।
कुन निर्वाचन क्षेत्रमा कसले दिँदैछन् उम्मेदवारी ?
काठमाडौं–६ शिशिर खनाल
काठमाडौं–७ गणेश पराजुली
काठमाडौं–८ विराजभक्त श्रेष्ठ
काठमाडौं–९ डीपी अर्याल ९डोलप्रसाद०
नुवाकोट–१ डा. विक्रम तिमल्सिना
नुवाकोट–२ डा. अच्युतम लामिछाने
चितवन–१ हरि ढकाल
चितवन–२ रवि लामिछाने
चितवन–३ सोबिता गौतम
लमजुङ धर्मबहादुर केसी
गोरखा–१ सुधन गुरूङ
गोरखा–२ कविन्द्र बुर्लाकोटी
तनहुँ–१ स्वर्णिम वाग्ले
तनहुँ–२ श्रीराम न्यौपाने
झापा–१ निशा डाँगी
झापा–२ इन्दिरा रानामगर
झापा–३ प्रकाश पाठक
झापा–४ शम्भु सुस्केरा
झापा–५ बालेन शाह
मोरङ–३ गणेश कार्की
ओखलढुंगा– विश्वराज पोखरेल
उदयपुर–२ सूर्यबहादुर तामाङ
नवलपुर–१ राजन गौतम
कञ्चनपुर–१ जनकसिंह धामी
कञ्चनपुर–२ दीपक बोहरा
कञ्चनपुर–३ ज्ञानेन्द्र महतारा
कैलाली–१ कोमल ज्ञवाली
कैलाली–३ लक्ष्मण थारू
कैलाली–४ हरि रेग्मी
कैलाली– ५ आनन्द चन्द
जुम्ला– बिनिता कठायत
बाजुरा– हेमराज थापा
अछाम–२ भूपदेव शाह
बाँके–३ खगेन्द्र सुनार
दाङ–२ विपिन आचार्य
रुपन्देही–३ डा। लेखजंग थापा
कास्की–२ उत्तम पौडेल
स्याङ्जा–१ धनञ्जय रेग्मी

















प्रतिक्रिया दिनुहोस्