Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मेरो माइक्रोफाइनान्सद्वारा प्रहरी वृत्त सातदोबाटोलाई सामग्री हस्तान्तरण

मेरो माइक्रोफाइनान्सद्वारा प्रहरी वृत्त सातदोबाटोलाई सामग्री हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रहरी वृत्त सातदोबाटोलाई आवश्यक सामग्री प्रदान गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माइक्रोफाइनान्सले प्रहरी वृत्त सातदोबाटोलाईलाई २५ थान फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड, चेस्ट गार्ड र हेल्मेट हस्तान्तरण गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

उक्त सामग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा चन्दलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । सो कार्यक्रमममा प्रहरी नायब उपरीक्षक चन्दले संस्थाप्रती आभार प्रकट गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न संस्थाको सहयोगले प्रहरीको मनोबल बढाउने धारणा राखिन् ।

यसैगरी, मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहालले सातदोबाटो क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन, रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरी चेकिङ तथा गस्ती गर्दा जोखिम ब्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको उल्लेख गरे ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५३ हजार भन्दा बढी विपन्न घरपरिवारहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit