Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झापाका मतदातासँग बालेन (तस्बिरहरु)

झापाका मतदातासँग बालेन (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दर्ता गराएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदाताहरूसँग छलफल थालेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने झापा–५ मा रास्वपाका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता गराएपछि बुधबार बिहानैदेखि उनले निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेट्न थालेका हुन्।

बालेनले चुनाव प्रचारका लागि दमकमा घर भाडामा लिएका छन् भने शुक्रबारबाटै रास्वपाका कार्यकर्ताहरू नयाँ सम्पर्क कार्यालयबाट चुनावी कार्यक्रममा होमिएका थिए । मंगलबार बालेनले उम्मेदवारी दर्ता गराएसँगै आज दमक–५ स्थित सम्पर्क कार्यलयमा बालेनले स्थानीय मतदातासँग भेटघाटसँगै छलफल गरेका छन् ।

यो क्षेत्रबाट ३४ बर्षयता (२०४८ सालदेखि) निर्वाचन लड्दै आएका ओली २०६४ सालमा बाहेक सँधै विजयी हुँदै आएका छन् । एमाले अध्यक्ष ओलीको गढमा काठमाडौंका पूर्व मेयर समेत रहेका रास्वपा वरिष्ठ नेता बालेनले चुनावी प्रतिस्पर्धा गर्ने भएपछि झापा–५ को राजनीतिक सरगर्मी बढेको छ ।

एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्षको साथ बालेनलाई

यसैबीच राष्ट्रिय युवा सङका उपाध्यक्ष बिजय तामाङ रास्वपा प्रवेश गरेका छ्न । सङ्घका दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा एमालेका संगठित सदस्य छवि खतिवडाले पार्टी सदस्यता परित्याग गरेका छन्।तामाङले आजै (माघ ७) देखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा सङ्घसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit