Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन
विज्ञापन
Advertisement

गण्डकी । पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक विविधता मेलामा पोखरा क्षेत्रमा पाइने ३५० किसिमका रैथाने कृषि प्रजातिको प्रदर्शन गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास शाखाको आयोजना एवं पोखरा महानगरपालिका–३१, वडा स्तरीय कृषि सञ्जाल, लिबर्ड र जैविक स्रोत संरक्षण अभियानको सहकार्यमा जैविक विविधता प्रदर्शनी गरिएको हो ।

उत्पादक र उपभोक्तासँगै सरोकारवालाको उपस्थितिमा गरिएको प्रदर्शनीमा पोखरा महानगरका २३ वटा वडा सहभागी बनेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

स्थानीय रैथाने प्रजातिका बालीको संरक्षण आवश्यक रहेको बताउँदै उनले त्यसको संरक्षणका लागि सचेतना जगाउनका लागि पनि मेला आयोजना गरिएको उनले बताए । मेलामा १०० भन्दा बढी जडिबुटी, ६५ थरी धान, रैथाने मसाल बाली, कोशे बाली आदिका प्रजातिहरू प्रदर्शनमा राखेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit