Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

बरूण हाइड्रोपावरले ५%लाभांश वितरण गर्न डाक्यो साधारणसभा

बरूण हाइड्रोपावरले ५%लाभांश वितरण गर्न डाक्यो साधारणसभा
विज्ञापन
Advertisement

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनीले पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले शेयरधनिहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले ५ करोड ९ लाख २ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले (२६ लाख ७९ हजार रुपैयाँ नगद ) कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले २२औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर २६ गतेलाई शंखपार्क काठमाडौंमा बिहान साढे बजे सभा बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्नेलगायतका विभिन्न प्रतिवेदन अनुमोदन गर्नेछ।

लाभांश तथा साधारण सभाका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसैले मंसिर १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीबाट लाभांस पाउनेछन् भने सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit