Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महँगीदर करिब ३ प्रतिशतले घट्दा पछिल्लो छ महिनाको मुद्रास्फीति २.४२ प्रतिशत

महँगीदर करिब ३ प्रतिशतले घट्दा पछिल्लो छ महिनाको मुद्रास्फीति २.४२ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा महँगीदर करिब ३ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो, जसअनुसार यस वर्ष मुद्रास्फीति उल्लेख्य रूपमा घटेको देखिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत पुस महिनामा फलफूल उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ । यस्तै, दाल तथा गेडागुडी ५.५२ प्रतिशत, मरमसला ३।.२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थ ३.७० प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क २१.७५ प्रतिशत, शिक्षा ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.१५ प्रतिशत तथा मदिराजन्य पेय पदार्थ ३.८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क भने ०.०३ प्रतिशतले घटेको छ ।

क्षेत्रगत रूपमा पुस महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९९ प्रतिशत र सहरी क्षेत्रको २।.७ प्रतिशतले बढेको छ । प्रदेशगत विवरणअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ३.३७ प्रति.२५ प्रतिशत, लुम्बिनी प्रदेशमा २.६२ प्रतिशत, बागमती प्रदेशमा २.० प्रतिशत, गण्डकी प्रदेशमा १.७६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १.२७ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम १.०८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८ प्रतिशत, तराईमा २.६५ प्रतिशत, पहाडमा १.९४ प्रतिशत र हिमाली क्षेत्रमा २.६६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit