Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

एलपी ग्यास अभावको हल्ला निराधार, आवश्यकता भन्दा बढी आयात गरेका छौं : प्रबन्ध निर्देशक भट्ट

एलपी ग्यास अभावको हल्ला निराधार, आवश्यकता भन्दा बढी आयात गरेका छौं : प्रबन्ध निर्देशक भट्ट
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल आयल निगमले बजारमा एलपी ग्यास अभावको हल्ला निराधार भएको दाबी गरेको छ । निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्

विज्ञापन
Advertisement
Advertisement

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकबाट ग्यास आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका हुन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनको भनाइ छ । उनकाअनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आइओसी) बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।

‘लोडिङ विवरणअनुसार शनिबार ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिण्डर), सोमबार ११५ बुलेट (करिब १ लाख ४५ हजार ७ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको छ,‘ तीमध्ये केही बुलेटहरू बाटोमै रहेका छन् भने थप बुलेटहरू नेपाल प्रवेश गर्ने क्रममा रहेका छन्,’ भट्टले लेखेका छन्,‘तसर्थ, उपभोक्ताज्युहरुलाई अनावश्यक रुपमा ग्यास स्टक नगरिदीनुहुन अनुरोध छ।’

यस्तै, उनले निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति जारी रहने उल्लेख गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit