काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० रुपैयाँ कायम भएको छ ।
बुधबार एक तोला सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको भाउ पाँच हजार ६०० रुपैयाँ कायम भएको थियो । हिजोको तुलनामा आज सुन प्रतितोला नौ हजार ५०० र चाँदी ६२० रुपैयाँले घटेको हो ।
गत मंगलबार एक तोला सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्