Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

भोजपुरमा करिब ६० करोड रुपैयाँ लागतमा बने तेह्र पक्की पुल

भोजपुरमा करिब ६० करोड रुपैयाँ लागतमा बने तेह्र पक्की पुल
विज्ञापन
Advertisement

भोजपुर। सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। १३ वटा पक्की पुल निर्माणका लागि सरकारले झन्डै ६० करोड रुपैयाँ खर्च गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख, आरीखोलामा तीन करोड, वेहेरे खोलामा तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा दुई करोड ५० लाख, राउते खोलामा तीन करोड ५० लाख, कावाखोला सात करोड ५० लाख र श्यामखोला तीन करोड ४२ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भएका हुन्।

त्यसैगरी, बङ्खुवा खोलामा दुई करोड २५ लाख, गङ्खुवा खोलामा चार करोड ५० लाख, सिक्तेल खोलामा चार करोड, एखुवा खोलामा छ करोड ६० लाख, चिरखुवा खोलामा पाँच करोड ६३ लाखमा पक्की पुल निर्माण भएका हुन्। तामुटारमारु छ करोड ३५ लाख रुपैयाँमा निर्माणाधीन पुल अन्तिम चरणमा छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit