Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

जनवरीमा फोटोन मोटरका सवारी बिक्रीमा २०.२ प्रतिशतले वृद्धि

जनवरीमा फोटोन मोटरका सवारी बिक्रीमा २०.२ प्रतिशतले वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जनवरी २०२६ मा मात्रै फोटोनले कुल ५५ हजार ५५३ युनिट सवारी बिक्री गर्दै चीनको कमर्शियल भेहिकल उद्योगमा शीर्ष स्थानमा रहेको छ। सोही अवधिमा ओभरसिज सेल्स १५ हजार १०२ युनिट पुगेको कम्पनीले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतले वृद्धि भएको हो। कम्पनीका अनुसार यी तथ्यांकहरूले बजारमा कम्पनीप्रतिको स्थिर विश्वास र सकारात्मक विश्वव्यापी सम्भावना देखाएको छ।

‘ड्राइभ टु ग्रेट’ भन्ने ग्लोबल थिमसहित कम्पनीले सन् २०२५ मा ऐतिहासिक सवारी बिक्री गर्न सफल भएको थियो । अघिल्लो वर्ष फोटोन मोटरले विश्वव्यापी रूपमा ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गर्दै चीनको कमर्शियल सवारी उद्योगमा शीर्ष स्थान सुरक्षित गरेको थियो। यस उपलब्धिसँगै फोटोनले लगातार १५ वर्षसम्म चीनको कमर्शियल भेहिकलको निर्यातमा नेतृत्व कायम राखेको उल्लेख गरेको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा निरन्तर वृद्धि हासिल गर्दै फोटोन विश्वका भरपर्दा कमर्शियल भेहिकल उत्पादकमध्ये एकका रूपमा स्थापित रहँदै आएको कम्पनीले जनाएको छ। फोटोनका लाइट कमर्शियल भेहिकलदेखि हेभी–ड्युटी ट्रक तथा न्यू इनर्जी सोलुसन्ससम्मका उत्पादनहरूले हरेक स्केलका व्यवसायलाई निरन्तर साथ दिइरहेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit