Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सुनकोसी मरिण आयोजनासँगै पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिएर गजुरेलले सार्वजनिक गरे बाचा–पत्र

सुनकोसी मरिण आयोजनासँगै पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिएर गजुरेलले सार्वजनिक गरे बाचा–पत्र
विज्ञापन
Advertisement

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा–पत्र सार्वजनिक गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बाचा–पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, आधुनिक कृषि उत्पादन, बजार व्यवस्थापन, दुर्घटनारहित सडक निर्माण, पर्यटन स्थल विकास तथा सिन्धुलीको पहिचानका रूपमा रहेको जुनार–सुन्तला उत्पादन प्रवद्र्धनलाई प्राथमिकताका रूपमा समेटिएको छ।

त्यस्तै, बाढी नियन्त्रण र नदी व्यवस्थापन, कृषि क्षेत्रमा किसानको सम्मान एवम उत्पादनको मूल्य निर्धारण गर्ने, पर्यटन क्षेत्रको इतिहास, पहिचान र रोजगारी सिर्जना गर्ने, उद्योग क्षेत्रको प्रवद्र्धन गर्दै युवाको भविष्य सिन्धुलीमै व्यवस्थापन गर्ने साथै उनले सुशासन नारामा नभइ डेलिभरीमा देखिनुपर्ने लगायतका मुद्दाहरु अगाडि सारेका छन् ।

पूर्वाधार विकासमा विशेष जोड दिएका गजुरेलले सुनकोसी मरिण आयोजनाको समस्या समाधान गर्ने, बीपी राजमार्ग र मदन भण्डारी राजमार्गलाई मानवमैत्री, सुरक्षित र दिगो बनाउने उनको बाचा पत्रमा उल्लेख छ । सरकारी सेवाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका गजुरेल पछिल्लो समय जनताको घर–घरमा पुगेर आफ्ना योजना र प्रतिबद्धता राख्दै आएका छन् ।

जर्मनीबाट इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरेका गजुरेलले यातायात विभागमा पूर्व प्रमुख सिईओ हुन् ।
चोभार क्षेत्रको निर्माण कार्यसहित देशका सडक पूर्वाधार आयोजनामा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता बाचा–पत्रमा उल्लेख गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit