Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

रास्वपाको चुनावी वाचापत्र : १०० अर्ब डलरको अर्थतन्त्र, ३० अर्बको आईटी निर्यात

रास्वपाको चुनावी वाचापत्र :  १०० अर्ब डलरको अर्थतन्त्र, ३० अर्बको आईटी निर्यात
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। कर्णालीको राजधानी सुर्खेतमा बिहीबार आयोजना गरेको परिर्वतन उद्घोष सभा मार्फत रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी बाचापत्र सर्वजनिक गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

रास्वपाले नेपालको परम्परागत अर्थतन्त्रलाई रूपान्तरण गर्दै प्रविधि, उत्पादन र रोजगारीमा आधारित द्रुत आर्थिक विकासको महत्वाकांक्षी लक्ष्य वाचापत्रमा समावेश गरेको छ। नेपाललाई ‘मध्यम आय भएको देश’ बनाउने प्रमुख लक्ष्य राखेको रास्वपाले वाचापत्रमा सुशासन र नीतिगत सुधारलाई पूर्वशर्त मानेको छ । यस्तै, आर्थिक वृद्धि, वैदेशिक लगानी, ऊर्जा, सूचना प्रविधि र कर प्रणालीमा ठूला परिवर्तन तथा सहकारी र ‘मिटरब्याज’ समस्या समाधान गर्ने एजेण्डा अघि सारेको छ ।

अर्थतन्त्रतर्फ रास्वपाको वाचापत्र

जीडीपी १०० अर्ब डलरको र ३००० डलर प्रतिव्यक्ति आय

रास्वपाले नेपाललाई ‘मध्यम आय भएको देश’ बनाउने प्रमुख लक्ष्य राखेको छ। वाचापत्रको बुँदा २१ मा आगामी पाँच वर्षभित्र वार्षिक औसत ७ प्रतिशतको स्थिर आर्थिक वृद्धिदर हासिल गर्ने जग बसालिने जनाइएको छ। सोही आधारमा पाँचदेखि सात वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर नाघ्ने र नेपालको अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन( जीडीपी) १०० अर्ब डलर नजिक पुर्‍याउने लक्ष्य राखिएको छ।

यो लक्ष्य पूरा गर्न रेन्ट–सिकिङ, नीतिगत दोहन तथा कृत्रिम अवरोधहरूको अन्त्य गर्दै नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने तथा सर्वाधिक उरास्वपाको छ। आगामी १५ वर्षभित्र संरचनात्मक आर्थिक रूपान्तरण हासिल गर्न उत्पादकत्व वृद्धि, सीप विकास, पूँजी निर्माण र प्रविधि–आधारित औद्योगिकीकरणलाई राष्ट्रिय प्राथमिकताको रूपमा अघि बढाउने बताइएको छ।

२ दर्जन ऐनहरू खारेज गर्ने, निःशुल्क व्यवसाय दर्ता सुविधा

रास्वपाले आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक बनेका करिब २ दर्जन ऐनहरू खारेज गर्ने वाचापत्रमा उल्लेख गरेको छ । झन्झटिला ऐन र तजबिजी प्रक्रियाहरू श्रृंखलावद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण (डुइंग बिजनेस) सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रहरूमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गर्ने रास्वपाले जनाएको छ । साथै, लगानी सहजीकरणका लागि आवश्यक कानुन, नियमावली तथा कार्यविधिहरू निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, डिजिटल माध्यमबाट सजिलो, द्रुत र निःशुल्क रूपमा व्यवसाय दर्ता गराउँने पनि वाचापत्रमा उल्लेख छ।

१० वर्षमा ३० अर्ब डलरको सुचना प्रविधि सेवा निर्यात, ५ लाखलाई रोजगारी

अर्थतन्त्रमा रेमिट्यान्सपछिको दोस्रो ठूलो खम्बाका रूपमा ‘सूचना प्रविधि ‘ लाई विकास गर्ने रास्वपाको योजना छ। हालको १.५ अर्ब डलरको सफ्टवेयर तथा आईटी सेवा निर्यातलाई आगामी १० वर्षमा रास्वपाले ३० अर्ब डलर पुर्‍याउने लक्ष्य राखेको छ। रास्वपाको बुँदा ३६ मायसका लागि ‘स्वायत्त आईटी प्रवर्द्धन बोर्ड’ गठन गर्ने, आयकरमा सहुलियत दिने, विदेशी लगानी भित्र्याउन सरल नीतिगत व्यवस्था गर्ने, ग्लोबल टेक हब बनाउने र प्रदेशहरूमा अत्याधुनिक डिजिटल पार्क निर्माण गरी ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने संकल्प गरिएको छ।

३० हजार मेगावाट उत्पादन र खपत वृद्धि गर्न  नयाँ उर्जा नीति

रास्वपाले आगामी एक दशकमा नेपालको जलविद्युत जडित क्षमता ३०,००० मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ । स्वदेशमै ऊर्जा खपत बढाउन विद्युतीय महसुल पुनर्संरचना गरिने, उर्जासँग जोडिएका नीतिगत व्यवधान हटाउन कानून संशोधन गरी एकद्वार प्रणालीमा लैजाने जनाएको छ । सन् २०३५ सम्ममा प्रतिव्यक्ति वार्षिक बिजुली खपत १५०० किलोवाट आवर पुर्‍याउने रणनीति अघि सारेको रास्वपाले उर्जा दशकको सरकारले लिएको लक्ष्य पूरा गर्न नयाँ उर्जा ततथा जलस्रोत नीति तयार पार्ने उल्लेख गरेको छ। साथै, भारत र बंगलादेशसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने नीति पनि रास्वपाको वाचापत्रमा समेटिएको छ।

यसैगरी, रास्वपाले व्यवसायिक वातावरण सुधार्न उत्पादनको लागत बढाउने र झन्झटिला करिब २ दर्जन ऐनहरू खारेज वा सुधार गर्ने घोषणा गरेको छ। आयकरतर्फ ऐतिहासिक परिवर्तन गर्दै ‘पारिवारिक भार’का आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने नीति लिइने उल्लेख छ। यस्तै, आर्थिक फजुल खर्च रोक्न र प्रशासनिक चुस्तता ल्याउन संघीय मन्त्रालयहरूको संख्या १८ मा झार्ने रास्वपाले वाचा गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit