Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

रास्वपाको प्रथम महाधिवेशन: ‘आक्रोशलाई निर्माणमा बदलौँ, नेपाललाई नयाँ दिशा दिऔँ’ : उपसभापति वाग्ले

रास्वपाको प्रथम महाधिवेशन: ‘आक्रोशलाई निर्माणमा बदलौँ, नेपाललाई नयाँ दिशा दिऔँ’ : उपसभापति वाग्ले
चितवन, ७ असारः उपसभापति डा वाग्ले-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै पार्टीका उपसभापति एवम् अर्थमन्त्री डा स्वर्णिम वाग्ले। तस्बिरः प्रदीपराज वन्त/रासस
विज्ञापन
Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले नेपालको राजनीतिक पुनर्जागरणका लागि नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी केवल सरकार परिवर्तनका लागि नभई राजनीतिक संस्कार परिवर्तनको अभियानका रूपमा स्थापित भएको बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

पार्टीको चौथो स्थापना दिवसको अवसरमा आयोजित महाधिवेशनलाई ऐतिहासिक क्षणको संज्ञा दिँदै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट नभई नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र सकारात्मक परिवर्तनको तीव्र आकांक्षाबाट जन्मिएको बताए।

उनले लोकतन्त्र, संविधान र समावेशिताका उपलब्धिहरूको सम्मान गर्दै पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गरे। निर्वाचनहरू भए पनि उत्तरदायित्व कमजोर रहेको, संविधान बने पनि संस्थाहरू बलिया बन्न नसकेको, राज्यको आकार बढे पनि क्षमता विस्तार हुन नसकेको र सार्वजनिक सेवाको गुणस्तर सुधार हुन नसकेको उनको भनाइ थियो।

सभापति लामिछानेले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई “गलत प्रोत्साहन संरचना” रहेको बताए। राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले व्यवसाय, राज्य व्यवस्था र सार्वजनिक नीतिमा समेत यही प्रवृत्ति हावी भएको बताए।

“हामी विवेक, विधि र नियममा आधारित शासनतर्फ जान चाहन्छौँ। भागबण्डाबाट मेरिटोक्रेसीतर्फ र नागरिक केन्द्रित लोकतन्त्रतर्फ अघि बढ्न चाहन्छौँ,” उनले भने।

उनले रास्वपाको राजनीति कसैलाई हराउन नभई नेपाललाई जिताउन केन्द्रित रहेको उल्लेख गर्दै पार्टीको शक्ति आक्रोश मात्र नभई आशा, आलोचना मात्र नभई विकल्प, र विद्रोह मात्र नभई निर्माण हुनुपर्नेमा जोड दिए।

महाधिवेशनसँगै रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुँदै गएको दाबी गर्दै उनले नयाँ पुस्ताले केवल प्रश्न मात्र नभई उत्तर दिन, विरोध मात्र नभई शासन सञ्चालन गर्न र सपना मात्र नभई परिणाम दिन सक्ने प्रमाणित गर्नुपर्ने बताए।

भविष्यको नेपालको परिकल्पना प्रस्तुत गर्दै उनले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माण रास्वपाको लक्ष्य रहेको बताए। उनले पहुँचको राजनीति अन्त्य गरी क्षमता र उद्यमशीलतालाई सफलताको आधार बनाउने, नागरिक स्वतन्त्रताको रक्षा गर्ने तथा युवालाई अवसरका लागि विदेशिन बाध्य नपर्ने नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभापति लामिछानेले किसान, श्रमिक, उद्यमी र आम नागरिक सबैले आफ्नो भविष्यप्रति आशावादी हुन सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै आत्मनिर्भर, आत्मविश्वासी र प्रतिस्पर्धी नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरे।

‘निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदलौं,’ उनले भने, ‘नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने यात्राको प्रारम्भ यही चितवनबाट गरौँ।’

उनले रास्वपाको प्रथम महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भका रूपमा इतिहासले स्मरण गर्ने विश्वास व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit