Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

पोखरा बस दुर्घटनामा अपडेट: बस चालक सुजितको अवस्था अज्ञात, घाइतेहरुको ट्रमा सेन्टरसहित अन्य हस्पिटलमा उपचार हुँदै

पोखरा बस दुर्घटनामा अपडेट: बस चालक सुजितको अवस्था अज्ञात, घाइतेहरुको ट्रमा सेन्टरसहित अन्य हस्पिटलमा उपचार हुँदै
विज्ञापन
Advertisement

गण्डकी । आज बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ।

विज्ञापन
Advertisement
Advertisement

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईका अनुसार ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ«े टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो।

उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो। गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको साईले बताए । ‘प्रहरीबाट प्राप्त जानकारी अनुसार गाडीमा सवारमध्ये हालसम्म १७ जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन्’ उनले भने । उक्त बस चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए । उनका अनुसार घाइतेहरूको ट्रमा सेन्टरसहित काठमाडौंका हस्पिटल र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

महानगरप्रमुख आचार्यद्वारा दुुःख व्यक्त

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुुबाहक बसको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गरेका छन् । महानगरप्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा परी ज्यान गुमाएका १७ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

‘राति करिब १ः३० बजे पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख १४२१ नं को यात्रुवाहक बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले म अत्यन्त स्तब्ध र मर्माहत भएको छु’ आचार्यले लेखेका छन् ।

दुर्घटनामा घाइते भएका २४ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गदै उनले घटनास्थलमा खटिएर उद्धार कार्यमा सक्रिय रहेका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय प्रति आभार व्यक्त गरेका छन् । दुःखको यस घडीमा शोकाकुल तथा मर्माहत परिवारजनलाई हरसम्भव सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न पनि उनले आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit