काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ११९ क्षेत्रमा जित दर्ता गरेको छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले थप ६ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएको छ । जसमा रास्वपापछि नेपाली कांग्रेसले १७ क्षेत्रमा जित निकाल्दा नेकपा एमाले सात स्थानमा विजयी भएको छ । एमालेका उम्मेदवार थप तीन स्थानमा अगाडि रहेका छन्।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि सात सिट जितेको छ । केही समय अघि मात्र खुलेको श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।
समानुपातिकतर्फ पनि रास्वपाले सर्वाधिक मत पाएको छ । हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न हुँदा रास्वपाले २२ लाख ३९ हजार ८७० मत पाएको छ । यो ४९ प्रतिशत हो। यस्तै, कांग्रेसले १७, एमालेले १४, नेकपाले ७, राप्रपाले ४ र श्रम संस्कृति पार्टीले २ प्रतिशत मत पाएका छन् ।
हाल समानुपातिक मत गणना जारी छ ।














प्रतिक्रिया दिनुहोस्