Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

अन्तर्राष्ट्रिय नारी दिवसमा हायात प्लेस बुटवलद्वारा महिला कर्मचारीको योगदानको प्रशंसा

अन्तर्राष्ट्रिय नारी दिवसमा हायात प्लेस बुटवलद्वारा महिला कर्मचारीको योगदानको प्रशंसा
विज्ञापन
Advertisement

बुटवल । महिला दिवसको अवसरमा ह्वायत प्लेस बुटवलले आफ्ना महिला कर्मचारीहरूको समर्पण, नेतृत्व र योगदानप्रति कृतज्ञता व्यक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

होटलले एक सन्देश जारी गर्दै महिला कर्मचारीहरूले कार्यस्थलमा ल्याउने सकारात्मक ऊर्जा, प्रतिबद्धता र मेहनतले संस्थाको वृद्धि, सफलता तथा उत्कृष्ट ग्राहक सन्तुष्टिमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ। उत्कृष्ट अतिथि सत्कारदेखि व्यवस्थापन तहसम्म महिला कर्मचारीहरूले खेलेको भूमिकाले होटलको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाएको होटलले उल्लेख गरेको छ।

होटलका अनुसार कार्यस्थलमा विविधता र समावेशीतालाई प्राथमिकता दिँदै आएको ह्यायत प्लेस बुटवलमा मा हाल ४७ जना महिला कर्मचारी कार्यरत छन्, जुन कुल कर्मचारी संख्याको करिब ३० प्रतिशत हो। यसले महिला सशक्तीकरण र समान अवसरप्रतिको होटलको प्रतिबद्धता झल्काउने व्यवस्थापनको भनाइ छ।

यस अवसरमा होटलमा कार्यरत महिला नेतृत्वकर्ताहरूले पनि आफ्नो अनुभव साझा गरेका छन्। मार्केटिङ म्यानेजर  सिम्रन सापकाेटले हायात प्लेस बुटवलले महिलाहरूलाई नेतृत्व गर्न र सिर्जनात्मक विचार अघि बढाउन प्रोत्साहन गर्ने वातावरण प्रदान गर्ने बताइन्। उनका अनुसार सुरक्षित र सहयोगी कार्यवातावरणले महिलालाई आत्मविश्वासका साथ आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित गर्छ।

एसोसिएट डाइरेक्टर अफ सेल्स  निशा जि.टीले व्यापार तथा सेल्सजस्तो चुनौतीपूर्ण क्षेत्रमा पनि महिला नेतृत्वलाई सम्मान र विश्वास दिइने बताइन्। उनले होटलको समावेशी नीति र महिला–मैत्री कार्यसंस्कृतिले महिलालाई निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न सहयोग गरेको उल्लेख गरिन्।

त्यस्तै असिस्टेन्ट फ्रन्ट अफिस म्यानेजर कृति सिंहले अतिथि सत्कार क्षेत्रमा महिलाका लागि सुरक्षा र सहजता महत्वपूर्ण हुने बताउँदै होटलले परिवारजस्तै अपनत्व र सुरक्षित वातावरण प्रदान गरेको बताइन्।

रिक्रिएसन म्यानेजर लाल्टनपुइ ले होटलको कार्यवातावरणले कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने उल्लेख गर्दै व्यवस्थापनले व्यक्तिगत र व्यावसायिक जीवनको सन्तुलनलाई सम्मान गर्ने बताइन्।

होटलले भविष्यमा पनि महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्दै महिला–मैत्री, सुरक्षित र सम्मानजनक कार्यवातावरण निर्माण गर्न प्रतिबद्ध रहने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit