Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

समानुपातिक सूची आज, नयाँ सरकार १० दिनमा : रास्वपा

समानुपातिक सूची आज, नयाँ सरकार १० दिनमा : रास्वपा
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्ना समानुपातिक सांसदहरूको अन्तिम नामावली टुंगो लगाउँदैछ। निर्वाचन आयोगले दिएको समयसीमा अनुसार पार्टी सचिवालयको भर्चुअल बैठक मार्फत ५७ जना सांसदहरूको नाम छनोट गर्न लागेको रास्वपा प्रवक्ता मनिष झालेले बताए ।

विज्ञापन
Advertisement
Advertisement

पार्टी कार्यालय वनस्थलीमा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता झाले पार्टीको प्राथमिकता अहिले नामावली बुझाउनु रहेको र त्यसपछि मात्र सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुने बताए । उनले नयाँ सरकार बन्न कम्तिमा १० दिन लाग्न सक्ने उल्लेख गर्दै भने,‘सबै कुरा हामीले चाहेर मात्र हुँदैन, फरक–फरक निकायको जिम्मेवारी हुने भएकाले एउटा अन्दाज गर्दा नयाँ सरकार बन्न अझै १० दिन जति लाग्न सक्छ ।’

रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ पनि लोकप्रिय मतका साथ ५७ सिट प्राप्त गरेको छ। आजको बैठकले महिला, दलित, आदिवासी जनजाति लगायतका क्लस्टरहरूको सन्तुलन मिलाएर नामावली बुझाउने उल्लेख गर्दै प्रवक्ता झाले भने, ‘संवैधानिक प्रक्रिया अनुसार सबै क्लस्टर मिलाएर आजै नाम बुझाउँछौँ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit