काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीको ‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ नामक अभियानमा ग्राहकहरुले साप्ताहिक रूपमा स्मार्टफोन र बम्पर पुरस्कारमा मोटरसाइकल जित्न सक्नेछन्।
‘ओप्पो हातमा, रोयल इन्फिल्ड हन्टर साथमा’ भन्ने मुख्य नाराका साथ सुरु भएको यो अभियान चैत्र १ गतेदेखि एक महिना सञ्चालन हुने कम्पनीले जनाएको छ।
यस अभियानअन्तर्गत ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी हुन पाउनेछन्। साप्ताहिक पुरस्कार तर्फ प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकले ओप्पो ए६ स्मार्टफोन प्राप्त गर्नेछन्। लक्की ड्र प्रत्येक आइतबार (चैत्र ८, १५, २२ र २९) आयोजना गरिने कम्पनीले जानकारी गराएको छ।
यस्तै, अभियानको अन्त्यमा चैत्र ३० गते हुने ग्राण्ड बम्पर ड्रमार्फत एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल जित्ने अवसर प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार उपहार विजेताहरूको छनोट पूर्ण रूपमा पारदर्शी हुनेछ। ओप्पोले आफ्ना आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत भिडियो लटरी प्रणालीद्वारा प्रत्यक्ष विजेता घोषणा गर्ने जनाएको छ।
ओप्पो नेपालका अनुसार यो अभियान नयाँ वर्षको उत्सवलाई थप उत्साहपूर्ण बनाउन र ग्राहकहरूको निरन्तर साथप्रति आभार व्यक्त गर्न ल्याइएको हो। ओप्पोले आफ्ना अत्याधुनिक क्यामेरा र प्रिमियम डिजाइनका स्मार्टफोनमार्फत नेपाली बजारमा बलियो उपस्थिति जनाउँदै आएको छ।















प्रतिक्रिया दिनुहोस्