Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

कोशी एक्सिलेन्स अवार्ड २०२६ पुँजी बजारतर्फ चूडामणि चापागाईं सम्मानित

कोशी एक्सिलेन्स अवार्ड २०२६ पुँजी बजारतर्फ चूडामणि चापागाईं सम्मानित
विज्ञापन
Advertisement

इटहरी । नेपाली पुँजी बजारमा कर्म, क्षमता र निरन्तर साधनाका प्रतीकका रूपमा परिचित नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंलाई कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नयन मिडिया फाउन्डेसन इटहरीले प्रदान गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत पुँजी बजार विधातर्फको अवार्ड चापागाईलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदान गरेका हुन्।

शनिबार इटहरीमा रहेको होटल सोल्टी वेस्टेन्डमा अवार्ड वितरण कार्यक्रममा नेपाली पुँजी बजारका क्षेत्रमा चापागाईले पुर्याएको योगदानको कदर गर्दै यस वर्षको अवार्ड चापागाईलाई प्रदान गरिएको आयोजक नयम मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीले कोशी प्रदेशमा जन्मिर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत सम्मान गर्ने योग्य व्यक्तित्वहरुको पहिचान गरी अवार्ड प्रदान गर्ने उद्धेश्यले गत वर्ष देखि विभिन्न विद्यामा अवार्ड प्रदान गर्न थालिएको बताए ।

पुँजी बजारतर्फको अवार्ड प्राप्त गर्ने वि।सं। २०३३ साल पुष १६ गते झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा जन्मिएका चापागाईं नेपाली पुँजी बजारमा कर्म, क्षमता र निरन्तर साधनाका प्रतीकका रूपमा परिचित छन्। सामान्य परिवारबाट सुरु भएको उनको जीवनयात्रा आज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदसम्म पुगेको छ।

बुबा दुर्गाप्रसाद चापागाईं र आमा धनमाया चापागाईंको संस्कारमा हुर्किएका उनले प्रारम्भिक शिक्षा श्री जन आदर्श माध्यमिक विद्यालयबाट पूरा गरेका हुन्। वि।सं। २०५० मा एसएलसी उत्तीर्ण गरेपछि उनले आर्थिक अभावलाई चुनौतीका रूपमा स्वीकार गर्दै आत्मनिर्भर यात्राको सुरुवात गरेका थिए।

शिक्षण पेशाबाट आफ्नो करियर सुरु गरेका चापागाईंले कक्षा ९ र १० का विद्यार्थीलाई अध्यापन गराउँदै उच्च शिक्षा हासिल गरेका थिए। दमक र उर्लाबारीमा अध्यापन गर्दै उनले स्नातक तथा वित्त विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका हुन्।

बैंकिङ क्षेत्रमा प्रवेश गर्दै उनले विभिन्न बैंकका शाखा प्रमुखका रूपमा कार्यसम्पादन गरेका थिए। त्यसपछि बीमा क्षेत्रमा प्रवेश गरी युनियन लाइफ इन्स्योरेन्स र सानिमा रिलायन्स इन्स्योरेन्समा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै बीमा क्षेत्रको व्यावसायिक विकासमा योगदान पु¥याएका छन्।

वि।सं। २०७४ पछि बीमा क्षेत्रमा सक्रिय रहँदै उनले संस्थागत सुधार, लक्ष्य प्राप्ति र नेतृत्व विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। समग्र अनुभव, दक्षता र नेतृत्व क्षमताका आधारमा वि।सं। २०८१ चैत २० गते उनी नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

हाल उनी सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अध्यक्ष, नागरिक लगानी कोषका सञ्चालक समिति सदस्य तथा लगानीकर्ता संरक्षण कोषका बोर्ड सदस्यका रूपमा समेत सक्रिय रहँदै पुँजी बजारको संरचनात्मक सुधारमा योगदान दिइरहेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit