Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल मोबिलिटी एक्स्पो साउन २१ गतेदेखि आयोजना हुँदै

नेपाल मोबिलिटी एक्स्पो साउन २१ गतेदेखि आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघले पहिलो पटक ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको स्टल बुकिङ भने बन्द र्भैसकेको संघले घोषणा गरेको छ।

मोबिलिटीमार्फत विकासको सशक्तीकरण’ भन्ने मूल सन्देश प्रवाह गर्न हेतु आयोजना हुने पहिलो एक्स्पोका लागि स्टल बुकिङमा व्यवसायीको उत्साहजनक सहभागिता देखिएको छ ।

कुल ४४ वटा स्टल उपलब्ध गराइएकोमा ४८ वटा आवेदन प्राप्त भएको संघले जनाएको छ। नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघकी अध्यक्ष रितु सिंह वैद्यले प्राप्त आवेदनका कारण उद्योगका सबै पक्षलाई समेट्नका लागि थप स्टलको व्यवस्था गर्नुपरेको जानकारी दिइन ।

एक्स्पोले अटोमोबाइल प्रदर्शनीमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने लक्ष्य लिएको छ। यो प्रदर्शनीले नेपालमा उपलब्ध अत्याधुनिक मोबिलिटी समाधान र विकसित भइरहेको मोबिलिटी संस्कृतिको प्रदर्शन गर्न महत्वपूर्ण हुने आयोजकको अपेक्षा छ। प्रदर्शनीका स्टलहरूमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यापारिक सवारीका ब्रान्डहरू समावेश गरिने आयोजकले जनाएको छ ।

यी हुन एक्स्पोमा सहभागी हुने ब्राण्डहरू 

चारपाँग्रेः बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ।

दुईपाँग्रेः एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।

कमर्शियलः चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ लगायत आदी ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit