Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

ज्येष्ठ सिलाइ उद्यमीलाई राष्ट्रिय सम्मान, महासंघको सातौँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

विज्ञापन
Advertisement

काठमाडाैं ।  नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको ऐतिहासिक सातौँ स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाबाट आएका ज्येष्ठ नागरिक सिलाइ उद्यमीहरूलाई विशेष सम्मानसहित कार्यक्रम आयोजना गरिएको थियो।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा विगतका कठिन परिस्थितिमा समेत सिलाइ पेशाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आत्मविश्वासका साथ निरन्तर यस पेशामा समर्पित रहेका ज्येष्ठ उद्यमीहरूलाई “ज्येष्ठ नागरिक सिलाइ उद्यमी राष्ट्रिय सम्मान” प्रदान गरिएको महासंघले जनाएको छ। सम्मानित व्यक्तित्वहरूले आफ्नो अनुभव, मेहनत र प्रतिबद्धतामार्फत सभ्य समाज निर्माण तथा राष्ट्रको आर्थिक–सामाजिक विकासमा योगदान पुर्‍याएको मूल्यांकन गर्दै उनीहरूलाई सम्मान गरिएको हो।

महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सम्मानित सम्पूर्ण उद्यमी व्यवसायीहरूको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना व्यक्त गर्नुभयो। उहाँले स्थापना दिवस कार्यक्रम सफल बनाउन व्यवस्थापन, प्रचार–प्रसार, सूचना सम्पर्क तथा समन्वयमा योगदान पुर्‍याउने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभयो।

कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको महासंघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit