काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।लगातार सूचक घट्दा २६०० विन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढ्न पुगेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३६७ कम्पनीको १ करोड ६ हजार कित्ता शेयर किनबेचहुँदा ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंकको ऋणपत्र, आरबीबीएल ऋणपत्र, सानिमा ऋणपत्र,एसबीएल ऋणपत्रको २० करोड करोड रुपैयाँदेखि ८९ करोड ९१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्वटी फण्ड,कालांगा हाइड्रो लिमिटेड, सानिगढ हाइड्रो लिमिटेड, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको ६.०१ प्रतिशतदेखि १०.६६ प्रतिशतले बढेको छ ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआईबीएल स्टेबल फण्ड, १०.२५ सिटिजन बैंक ऋणपत्र,स्नोरिभर,न्यादी हाइड्रो पावरको ६.६८ प्रतिशतदेखि ७.८४ प्रतिशतले घटेको छ।















प्रतिक्रिया दिनुहोस्