काठमाडाैं । साताको पहिलो कारोबार, नयाँ सरकार बनेपछिको नयाँ कारोबार दिन शेयर बजारमा भने भारी गिरावट आएको छ । नयाँ सरकार गठन भएर एकसयदिनका शासकीय स्वरुप सार्वजनिक भएको बेलामा शेयर बजारले भने पत्याउन सकेन ।
यो दिन नेप्से परिसूचक ७१.०५ अंकले घटेर दुई हजार ८७९.११ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार भने १५ अर्व माथिको भएको छ । यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचकमा घटेका छन् । फाइनान्स समूहको ३.३८ प्रतिशतले घट्दा अन्य सबै समूहको सूचक तीनभन्दा बढीकमले घटेका हुन् ।
युनिक नेपाल लघुवित्त वित्तय संस्था, हिमालयन बैंक लिमिटेडm २०८६, हिमाल दोलखा हाइड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपालको शेयर मूल्य ५.३७ प्रतिशतदेखि ६.१७ प्रतिशतसम्मले घटेको छ।
उच्च अंकले घटेको बजारमा पनि रिलायन्स स्पेनिङ मिल्स, सुपरकुदी हाइड्रोपावर, राइज लाइन इनर्जी,सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ हाइड्रो लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेर सकारात्मक सर्किट लागेको छ ।
यो दिन रिडी पावर कम्पनी,न्यादी ग्रुप पावर,सोलु हाइड्रो लिमिटेड,शिवम् सिमेन्ट, नेशनल हाइड्रो पावर कम्पनीको शेयर मूल्य ४६ करोड रुपैयाँदेखि ७१ करोड ११ लाख रुपैयाँसमम्मको कारोबार भएको छ।
















प्रतिक्रिया दिनुहोस्