Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ

विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ परेका छन्। लामो समयदेखि विभिन्न आरोपका बाबजुद राजनीतिक संरक्षणका कारण अनुसन्धानबाट जोगिँदै आएका भट्टलाई आज पक्राउ गरिएको स्रोतले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध मुद्दा दर्ता गर्ने तयारीसँगै पक्राउ पूर्जी जारी गरेपछि उनलाई नियन्त्रणमा लिएको हो। विभागले उनको आर्थिक गतिविधिमाथि लामो समयदेखि अनुसन्धान गर्दै आएको थियो।

यसअघि भट्टको राहदानीसमेत रोक्का गरिएको थियो। उनीमाथि अमेरिका, थाइल्याण्ड, अष्ट्रेलिया र दुबईमा अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंका गरिएको छ। साथै बीमा, सेयर कारोबार, ठूला नियुक्ति, लाइसेन्स किनबेच तथा ठेक्कापट्टामार्फत अवैध सम्पत्ति जोडेको आरोप पनि लागेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र विभागका प्रमुख गजेन्द्र ठाकुरबीच भएको उच्चस्तरीय छलफलपछि कारबाही प्रक्रिया तीव्र पारिएको थियो।

भट्ट विगत एक दशकदेखि राजनीतिक संरक्षणमा ‘छायाँ सरकार’ सञ्चालन गरेको आरोप खेप्दै आएका थिए। उनलाई कारबाही गर्न विभिन्न समूहले पटक–पटक माग उठाउँदै आएका थिए।

पक्राउसँगै अब उनीविरुद्धको मुद्दा औपचारिक रूपमा अगाडि बढाइने बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit