Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रास्वपाका दर्जन बढी सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

रास्वपाका दर्जन बढी सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघन तथा हिंसात्मक घटनाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएकाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको हो।

प्रतिवेदनमा आन्दोलन, भिड उक्साउने समूह र विभिन्न घटनाक्रममा संलग्नता तथा भूमिका रहेको औँल्याउँदै रास्वपाका सांसद मनिष झा, हरि ढकाल, तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजिव खत्री, शोम शर्मा, केपी खनाल,दिपक बोहरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङ र पुरुषोत्तम यादवमाथि शान्ति सुरक्षा र सुव्यवस्थामा खलल पुर्‍याउने वा त्यस्तो कार्यका लागि उक्साउने काम गरेरनगरेको शुक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।

पूर्वगृहमन्त्री समेत रहेका सुधन गुरुङ र सांसद पुरुषोत्तम यादवले जेनजी आन्दोलन गर्नका लागि अग्रसरता लिएको र अनुमति प्रक्रियामा संलग्न रहेको प्रतिवेदनमा खुलाइएको छ। बुधबार प्रधानमन्त्री कार्यालयमा आयोगको प्रतिवेदन बुझाइएसँगै अब ती सांसदहरूमाथि अनुसन्धान हुने नहुने मन्त्रिपरिषद्ले गर्ने निर्णयमा भर पर्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit