Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित
विज्ञापन
Advertisement

मुस्ताङ : माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा शनिबार रातिदेखि लगातार भारी हिमपात भइरहेको छ। यस याममा छैटौँपटक परेको हिमपातले बस्ती क्षेत्रदेखि उच्च लेकसम्मका डाँडाकाँडा सेताम्मे बनेका छन् भने केही स्थानमा एक फिटभन्दा बढी हिउँ जमेको छ। साँझसम्म हिमपात जारी रहेमा अझै बढ्ने अनुमान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ भने तापक्रम घट्दै जाँदा विशेषगरी पशुपालन गर्ने किसानहरू समस्यामा परेका छन् । चरन क्षेत्रहरू हिउँले ढाकिएका छन्। तथापि, बर्खेबाली सुरु हुने समयमा परेको हिमपातले खेतीका लागि केही फाइदा पुग्ने अपेक्षा गरिएको छ।

मुक्तिनाथ क्षेत्रका खिङ्गा, झारकोट, पुडाक, छेङ्गुर लगायत स्थानमा पनि हिमपात भएको छ। यसले दर्शनार्थीलाई केही असहज बनाए पनि हिमपातको सुन्दरताले पर्यटकको आकर्षण भने बढाएको छ।

उता, मुस्ताङको जोमसोम र तल्लो क्षेत्रमा भारी वर्षा भएको छ। स्याउको फूल फुल्ने समयमा परेको वर्षाले परागसेचनमा असर पार्ने भएकाले स्याउखेतीमा नकारात्मक प्रभाव पर्ने कृषिविज्ञहरूले बताएका छन्।

पछिल्ला वर्षहरूमा हिमपातको असमान ढाँचा देखिनु जलवायु परिवर्तनको संकेत हो। कुनै वर्ष हिउँ नै नपर्ने र कुनै वर्ष अत्यधिक हिमपात हुने अवस्थाले हिमाली क्षेत्रको जनजीवन र कृषि प्रणालीमा असर पार्दै गएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit