Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

लगानीकर्तालाई ‘क्लोज आउट’ को सास्तीबाट जोगाउन अक्सन मार्केटको माग

लगानीकर्तालाई ‘क्लोज आउट’ को सास्तीबाट जोगाउन अक्सन मार्केटको माग
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल स्टक ब्रोकर एशोसिएसन अफ नेपालले अर्थमन्त्रीलाई भेट गरी पुँजीबजार र धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान गर्न माग गरेको छ। एशोसिएसनले बजारमा हाल ७६ लाख लगानीकर्ता र ९२ वटा ब्रोकरहरू रहेको जानकारी दिँदै नयाँ सरकार र अर्थमन्त्रीबाट बजार सुधारको अपेक्षा राखेको जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिले भेटका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बुझाएको पत्रमा मुख्यगरी पुँजीबजार सुधार कार्यदलले दिएको सुझाव कार्यान्वयनदेखि अक्सन मार्केटको सुरुवात गर्नुपर्नेसम्मका ६ बुँदे मागहरू राखेका छन्।

पहिलोमा पुँजीबजार सुधार कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरूलाई अविलम्ब लागू गर्न एशोसिएसनको माग छ।

बैंक तथा वित्तीय संस्थाको प्रवेश : यस्तै, बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीबजारमा सहज रूपमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ। मागपत्रमा हाल खरिद गरेको सेयर ६ महिनाको अवधि पश्चात् मात्र बिक्री गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई सहज बनाउन जोड दिइएको छ।

गैर आवासीय नेपालीलाई प्रवेश : गैर आवासीय नेपाली नागरिकहरूलाई पनि दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्न पाउने व्यवस्था अविलम्ब गरिनुपर्ने एशोसिएसनको माग छ ।

अन्तिम करको स्पष्टता र लगानी वातावरण : आगामी बजेटमार्फत पुँजीगत लाभकरलाई नै ‘अन्तिम कर’ हो भनी प्रष्ट पार्न र सरकारी संस्थानहरूमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाउन आग्रह गरिएको छ।

अक्सन मार्केटको सुरुवात : धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै ‘क्लोज आउट’ मा लगिने व्यवस्थाले लगानीकर्ता मारमा परेको भन्दै यसको समाधानका लागि ‘अक्सन मार्केट’ यथाशीघ्र सुरु गर्न अर्थमन्त्रीसँग उनीहरुले माग गरेका छन् ।

सेटलमेन्ट ग्यारेन्टी फण्ड : २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बने पनि हालसम्म कार्यान्वयनमा नआएको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’प्रयोगमा ल्याउन नियामक निकायलाई निर्देशन दिनुपर्नेमा एशोसिएसनले जोड दिएको छ ।

एशोसिएसनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित सो पत्रमा यी समस्या समाधान भएमा समग्र पुँजीबजारको समस्या हल हुने र लगानीकर्ताहरूको मनोबल बढ्ने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit