Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप खिच्दै

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप खिच्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज २५ अर्ब रुपैयाँ बराबरको निक्षेप झिक्न लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सो रकमको मौद्रिक व्यवस्थापन विभागले बुधबार एक सूचना जारी गर्दै निक्षेप संकलन उपकरण मार्फत ५६ दिनका लागि उक्त रकम तान्न लागेको जानकारी दिएको हो।

जसको बोलकबोल बुधबार दिउँसो ३ बजे अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत हुने केन्द्रीय बैंकले जनाएको छ । सो रकमको साँवा तथा ब्याज भुक्तानी भने २०८३ जेठ २० गते दिइने छ । निक्षेप संकलन प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन्।

बोलकबोलको माध्यमबाटै ब्याजदर निर्धारण गरिनेछ। कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिइने केन्द्रीय बैंकले जनाएको छ ।बोलपत्र स्वीकृत भएका संस्थाहरूको खातामा पर्याप्त मौज्दात नभएमा उनीहरूलाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन बन्देज लगाइने समेत राष्ट्र बैंकले सूचनामार्फत स्पष्ट पारेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit