Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

एनसेलद्वारा ६५ प्रतिशत छुटसहित २८ दिने ‘अनलिमिटेड कम्बो प्याक’ सार्वजनिक

एनसेलद्वारा ६५ प्रतिशत छुटसहित २८ दिने ‘अनलिमिटेड कम्बो प्याक’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक ‘अनलिमिटेड कम्बो प्याक’ ल्याएको छ। कम्पनीले कल र इन्टरनेट सेवाको महसुलमा ६५ प्रतिशतसम्मको भारी कटौती गर्दै ग्राहकहरूलाई ‘बेस्ट भ्यालु’ प्रदान गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार नयाँ योजना अन्तर्गत ग्राहकले मात्र ६९९ रुपैयाँमा (कर सहित) मा २८ दिनसम्मका लागि निम्न सुविधाहरू पाउनेछन् ।अनलिमिटेड कल : नेपालको जुनसुकै नेटवर्कमा जति पनि कुरा गर्न सकिने।

अनलिमिटेड डेटाः इन्टरनेट चलाउन कुनै सीमा नरहने।

दैनिक १०० एसएमएस: २८ दिनसम्म दैनिक १०० वटा सन्देश पठाउन सकिने।

निःशुल्क मनोरञ्जन:  हलिउड फिल्म र टिभी शोहरूको प्रिमियम प्लेटफर्म ‘लायन्स गेट प्ले’ मा निःशुल्क पहुँच।

यसअघि यस्तै प्रकृतिको सेवाका लागि एनसेलले १ हजार ९९९ रुपैयाँ शुल्क लिँदै आएको थियो। अहिले त्यही सेवा ६९९ रुपैयाँमा उपलब्ध गराएसँगै ग्राहकको खर्चमा ठूलो राहत पुग्ने देखिन्छ। कम्पनीका अनुसार कनेक्टिभिटीको बढ्दो माग र सरकारको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुर्‍याउन यो कदम चालिएको हो।

ग्राहकले सजिलै एस्ट्रिक्स १२३ ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ । अफरबारे एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘हामीले सेवाको लागत घटाउँदै ग्राहकहरूको जीवनलाई नन्स्ट–प र डिजिटल बनाउन यो प्याक ल्याएका हौं। यसले वर्क फ्रम होम, अनलाइन शिक्षा र गेमिङ गर्नेहरूलाई विशेष सहयोग पुर्‍याउनेछ।’

यो प्याकले सस्तो मूल्यमा उच्च गुणस्तरको सेवा खोजिरहेका नेपाली उपभोक्ताहरूका लागि नयाँ वर्षको उत्कृष्ट उपहार सावित हुने अपेक्षा कम्पनीको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit