Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

पत्रकारसँग सहकार्यले आर्थिक बहस सशक्त बन्यो : अध्यक्ष ढकाल

पत्रकारसँग सहकार्यले आर्थिक बहस सशक्त बन्यो : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक पत्रकारिता र सञ्चार क्षेत्रसँगको सहकार्यले देशको आर्थिक बहसलाई सशक्त बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

पत्रकार तथा सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यले राष्ट्रको आर्थिक विकासका लागि साझा दृष्टिकोण निर्माण गर्न मद्दत पुगेको उल्लेख गरे।

उनले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र कोभिड–१९ महामारीको प्रभाव, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव र नीतिगत अन्योलका कारण जटिल अवस्थामा रहेको स्मरण गरे। “त्यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने हाम्रो प्राथमिकता थियो,” उनले भने।

ढकालका अनुसार आफ्नो कार्यकालमा महासंघले पाँच प्रमुख प्राथमिकता तय गरी काम अघि बढाएको थियो, जसमा आर्थिक संकट समाधान, लगानी प्रवर्द्धन, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना तथा व्यवसायीको सम्मान र सुरक्षा समावेश छन्।

उनले तीन वर्षको अवधिमा नीतिगत सुधारमा महासंघले महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरे। राष्ट्रिय आर्थिक बहसको आयोजना गर्दै सरकार, राजनीतिक दल र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको र त्यसकै आधारमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको जानकारी दिए। उक्त आयोगले ३० भन्दा बढी कानुन सुधारका सिफारिस गरेको उनले बताए।

त्यसैगरी निजी क्षेत्रलाई ‘शान्ति क्षेत्र’ का रूपमा घोषणा गरिएको र हालै सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरेको पनि उनले उल्लेख गरे।

ढकालले द्विपक्षीय लगानी सम्झौता (BIA) को मस्यौदा तयार भई विभिन्न मुलुकहरूसँग प्रक्रिया अघि बढाइएको जानकारी दिँदै यसले विदेशी लगानी आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

राज्य र निजी क्षेत्रबीचको सम्बन्धमा पनि सुधार आएको उनले बताए। “टकरावको अवस्थाबाट सहकार्यमा आधारित सम्बन्धतर्फ रूपान्तरण भएको छ,” उनले भने।

आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको जानकारी दिँदै उनले यसले पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानी विस्तार गर्ने बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit