Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

अक्सफोर्ड विश्वविद्यालयमा नेपालको किङ्स कलेजले जित्यो अवार्ड

अक्सफोर्ड विश्वविद्यालयमा नेपालको किङ्स कलेजले जित्यो अवार्ड
विज्ञापन
Advertisement

लन्डन । नेपालको किङ्स कलेजको टोलीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको स्कोल सेन्टर फर सोसल अन्ट्रप्रन्योरशिपद्वारा आयोजित म्याप द सिस्टम ग्लोबल फाइनल–२०२६ प्रतियोगितामा ‘इनभल्भमेन्ट अफ अन्डररिप्रेजेन्टेड भोइसेज अवार्ड–२०२६’प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

विश्वका ४८ वटा विश्वविद्यालय तथा कलेजका विद्यार्थी टोली सहभागी भएको उक्त अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट अरुणा जोशी, कबिन श्रेष्ठ, मदन लम्साल, प्रकृति ढुँगेल र प्रशान्त पराजुली सम्मिलित किङ्स कलेजको टोलीले सहभागिता जनाएको थियो।

टोलीले ‘नेपालमा मानव–बाँदर द्वन्द्व ः कृषक विस्थापनको अध्ययन’विषयमा प्रणालीगत सोचमा आधारित अनुसन्धान प्रस्तुत गरेको थियो। उक्त अध्ययनले मानव–बाँदर द्वन्द्वका कारण मध्यपहाडी क्षेत्रमा कृषि उत्पादनमा आएको गिरावट, खेतीयोग्य जमिन बाँझो हुने प्रवृत्ति, ग्रामीण पलायन, खाद्य सुरक्षामा देखिएको चुनौती तथा नीतिगत र संस्थागत कमजोरीबीचको अन्तरसम्बन्धलाई विश्लेषण गरेको थियो। साथै, समस्याको दीर्घकालीन र दिगो समाधानका लागि प्रणालीगत हस्तक्षेपका उपायहरू पनि प्रस्ताव गरिएको थियो।

अनुसन्धानका क्रममा प्रायः ओझेलमा पर्ने समुदायहरूको आवाजलाई प्रभावकारी रूपमा समेटने टोलीलाई ‘इनभल्भमेन्ट अफ अन्डररिप्रेजेन्टेड भोइसेज अवार्ड’प्रदान गरिन्छ। नेपाली टोलीले किसान, स्थानीय समुदाय, अनुसन्धानकर्ता, संरक्षणविद् तथा नीति निर्माताहरूको दृष्टिकोणलाई समावेश गर्दै अध्ययन प्रस्तुत गरेकाले उक्त सम्मान प्राप्त गरेको हो।

’म्याप द सिस्टम’ अक्सफोर्ड विश्वविद्यालयको स्कोल सेन्टरद्वारा सञ्चालित विश्वव्यापी शैक्षिक कार्यक्रम हो, जसले विद्यार्थीहरूलाई सामाजिक तथा वातावरणीय जटिल समस्याहरूको केवल लक्षण होइन, त्यसका मूल कारण, अन्तरसम्बन्ध र दीर्घकालीन समाधान खोज्न प्रणालीगत सोच प्रयोग गर्न प्रेरित गर्दछ।

यस उपलब्धिले किङ्स कलेज नेपाललाई मात्र होइन, नेपालका अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको अन्तर्राष्ट्रिय क्षमता र योगदानलाई पनि विश्वमञ्चमा स्थापित गरेको छ। साथै, नेपालको ग्रामीण कृषि र मानव–वन्यजन्तु द्वन्द्वजस्ता स्थानीय चुनौतीहरू पनि विश्वव्यापी बहस र समाधानको विषय बन्न सक्ने सन्देश यस सफलताले दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit