Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट
विज्ञापन
Advertisement

काठमाडौं । एनसेल र हिमालयन जाभा कफीबिच बीचको सहकार्यसँगै नयाँ वर्ष २०८३ देखि एनसेलका ग्राहकहरूले देशभरका हिमालयन जाभा आउटलेटमा विभिन्न कफी, पेय पदार्थ तथा खानेकुरामा आकर्षक छुट पाउने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

दुवै कम्पनीबीच हालै भएको सम्झौताअनुसार एनसेलका योग्य प्याक प्रयोगकर्ताले रु. ४९९ वा सोभन्दा माथिको प्याक सक्रिय राख्दा एक कप कफी खरिद गर्दा अर्को कप निःशुल्क प्राप्त गर्नेछन् । साथै तेस्रो कप कफीमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु. ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा हिमालयन जाभाका सबै खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । अन्य ग्राहकहरूले पनि रु. ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान सक्रिय भएमा १० प्रतिशत छुटको लाभ लिन सक्नेछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत Michael Foley ले यस सहकार्यले ग्राहकहरूलाई व्यस्त जीवनबाट केही समय निकालेर आपसी सम्बन्ध सुदृढ गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, हिमालयन जाभा कफीका संस्थापक Anand Gurung ले यस सहकार्यले देशभरका कफी प्रेमीहरूलाई नयाँ र आकर्षक अनुभव प्रदान गर्ने बताएका छन् ।

यो अफर उपयोग गर्न कुनै अतिरिक्त दर्ता आवश्यक छैन । ग्राहकले एनसेल एपको ‘Partnered Services’ अन्तर्गत ‘Himalayan Java Coffee’ चयन गरी आफ्नो योग्यता अनुसारको छुट हेर्न सक्नेछन् । छुट लिन अर्डरको समयमा एनसेल एपको ‘Live’ स्क्रिन देखाउनुपर्नेछ भने स्क्रिनसट मान्य हुने छैन ।

उक्त अफर प्याक सक्रिय अवधिभर पटक–पटक प्रयोग गर्न सकिनेछ भने एक बिलमा एउटा मात्र छुट लागू हुनेछ । ग्राहकलाई उपलब्ध सबैभन्दा उच्च छुट स्वतः लागू हुने व्यवस्था गरिएको छ ।

यस योजनाबारे थप जानकारी एनसेलको आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत प्राप्त गर्न सकिनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit