Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल एसबिआई बैंकद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

नेपाल एसबिआई बैंकद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा खेलकुद सामग्री उपलब्ध गराएको हो। एक कार्यक्रमका बीच बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन्।

बैंकका अनुसार यस पहलले विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी बनाउन तथा विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले समुदायस्तरमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

हाल बैंकका देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit