Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनचाँदीको मूल्य आज पनि घट्यो, कति मूल्यमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य आज पनि घट्यो, कति मूल्यमा हुदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ७५ रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैया र त्यति नै परिमाणको चाँदी पाँच हजार २० रुपैयामा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार रुपैया र त्यति नै परिमाणको चाँदीे पाँच हजार १३० रुपैया मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit