Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चार दशक पुरानो पोखरा सभागृह पुनर्निर्माण हुँदै

चार दशक पुरानो पोखरा सभागृह पुनर्निर्माण हुँदै
विज्ञापन
Advertisement

गण्डकी । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ । करिव ४२ वर्षअघि निर्माण भएको सभागृह हाल जीर्ण अवस्थामा पुगेकामा पोखरा महानगरपालिका र नगर विकास कोषको साझेदारीमा यसको पुनर्निर्माण गर्ने सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार हाल पुनर्निर्माणका लागि ‘डिजाइन’ तयार भइसकेको छ । ‘करिब २९ करोड रुपैयाँ लागतमा सञ्चालन हुने यस योजनाअन्तर्गत हालको सभागृहको उत्तरतर्फ दुईपाङ्ग्र्रे सवारीसाधनका लागि पार्किङ, दक्षिणतर्फ शौचालय, हालको बगैँचाको स्थानमा ‘अन्डरग्राउन्ड पार्किङ’ तथा प्रदर्शनीकक्ष निर्माण गरिनेछ,’ प्रमुख आचार्यले भने, ‘दक्षिण–पूर्व भागमा सानो हल र किचेन निर्माण गरिनेछ भने न्युरोडतर्फ भित्र र बाहिर दुवैतर्फबाट प्रयोग गर्न मिल्ने चमेनागृह निर्माण गरिनेछ ।’

पुनर्निर्माणपश्चात् सभागृहमा कार्यक्रमका लागि ‘ब्यानर’ टाँस्न नपर्ने गरी ‘डिजिटल लिड स्क्रिन’ लगायतको व्यवस्था हुने उल्लेख गर्दै उनले यसलाई सुविधासम्पन्न बनाउने योजना रहेको बताए । पुनर्निर्माण सम्पन्न भएसँगै विभिन्न सङ्घसंस्था तथा सेवाग्राहीलाई उचित शुल्कमा सुविधासम्पन्न सभा हल उपलब्ध गराउने लक्ष्य राखेको महानगरपालिकाले सभागृहबाट प्राप्त आम्दानीमार्फत यसको सञ्चालन खर्च तथा लगानी व्यवस्थापन गर्ने योजना राखेको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit